 
                     
                                
                             
                                    काठमाण्डौ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ११ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ५९३.१२ प्रतिशतले बढी हो।
यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ११.४० प्रतिशतले बढेर ४६ करोड ७५ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ४१ करोड ७ लाख रुपैयाँ रहेको थियो।
चुक्तापुँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ २ करोड ५७ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष पनि रिजर्भ १४ करोड २५ लाख रुपैयाँले ऋणात्मक थियो।
कम्पनीको वार्षिकीकृत ईपीएस ९.१८ रुपैयाँ रहेको छ। पीई रेसियो ४०.४० गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९७.९४ रुपैयाँ रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19