काठमाण्डौ । सत्तासाझेदार नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विपक्षमा उभिने निर्णय गरेको छ।
भर्खरै सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको माओवादी केन्द्रको बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो।
आज प्रतिनिधिसभामा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल हुँदैछ। प्रतिनिधिसभा बैठकमा सरकारका तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि पेसगर्नेछन्।
प्रतिनिधिसभामा सभामुखसहित माओवादी केन्द्रका ४९ सांसद छन्।
उता ९८ सांसद रहेको नेकपा एमाले र २३ सांसद रहेको नेकपा एकीकृत समाजवादी एमसीसीका विषयमा अलमलमा छन्।
सत्ताको प्रमुख घटक नेपाल कांग्रेस भने ६१ सांसद छन्। कांग्रेस भने जसरी पनि एमसीसी पारित गर्ने पक्षमा देखिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago