काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाहरुको माघ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। 

कोष प्रवर्द्धक सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका सानिमा लार्ज क्याप फन्ड, सानिमा इक्विटी फन्ड र सानिमा ग्रोथ फन्डको वित्तीय विवरण प्रकाशित भएको हो। दुईवटा योजनाको प्रतिइकाइ खुद मूल्य (न्याभ) घटेको छ भने एउटाको बढेको छ। 
माघमा लार्ज क्याप फन्डको न्याभ घटेर ९.६८ रुपैयाँ कायम भएको छ। गत पुसमा पनि न्याभ ९.७९ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत माघसम्म धितोपत्र र बैंकमा मुद्दति निक्षेप गरी कुल ९३ करोड ४१ लाख रुपैयाँ लगानी भएको छ। गत पुससम्म यस्तो लगानी ९३ करोड २ लाख रुपैयाँ थियो।

माघमा यो योजनाको कुल नाफा ९ करोड ४७ लाख रुपैयाँ रहेको छ। गत पुसमा कुल नाफा १० करोड ७७ लाख रुपैयाँ थियो।

यसैगरी माघमा इक्विटी फन्डको न्याभ पनि घटेर १३.०२ रुपैयाँ कायम भएको छ। गत पुसमा यो योजनाको न्याभ १३.४९ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत माघसम्म धितोपत्र र बैंकमा मुद्दति निक्षेप गरी कुल १ अर्ब ५६ करोड रुपैयाँ लगानी भएको छ। गत पुससम्म यस्तो लगानी १ अर्ब ६३ करोड रुपैयाँ थियो।

माघमा यो योजनाको कुल नाफा १० करोड ६१ लाख रुपैयाँ रहेको छ। गत पुसमा कुल नाफा १६ करोड ६९ लाख रुपैयाँ थियो।

माघमा ग्रोथ फन्डको न्याभ सामान्य बढेर ९.९९ रुपैयाँ कायम भएको छ। गत पुसमा न्याभ ९.९८ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत माघसम्म धितोपत्र र बैंकमा मुद्दति निक्षेप गरी कुल १४ करोड ५२ लाख रुपैयाँ लगानी भएको छ। गत पुससम्म यस्तो लगानी ९ करोड २६ लाख रुपैयाँ थियो।

माघमा यो योजनाको कुल घाटा ५ लाख ३३ हजार रुपैयाँ रहेको छ। गत पुसमा कुल घाटा ४ लाख ४६ हजार रुपैयाँ थियो।