काठमाण्डौ । ‘८% नेपाल एसबिआई बैंक ऋणपत्र २०७९’ साँवा र ब्याज यही माघ २१ गतेबाट लगानीकर्ता भुक्तानी गरिने भएको छ। 

नेपाल एसबिआई बैंकले आज एक सूचना प्रकाशित गरी यो ऋणपत्रको साँवा र तिर्न बाँकी ब्याज रकम एकमुष्ठ रुपमा यही माघ २१ गतेबाट भुक्तानी गरिने जानकारी गराएको हो। यो ऋणपत्र समयावधि माघ २० गतेबाट समाप्त हुँदैछ। 

ऋणपत्रधनीहरुले ऋणपत्रको साँवा तथा ब्याज लिन आउँदा आफ्नो सम्पूर्ण प्रमाणपत्र तथा ब्याज भुक्तानी पुर्जाहरुको सक्कल प्रतिका साथै आफ्नो परिचय खुल्ने कुनै आधिकारिक परिचयपत्रको सक्कल प्रति अनिवार्य रुपमा ल्याउन पनि बैंकले आग्रह गरेको छ। स्वयं उपस्थित हुन नसकी अन्य व्यक्तिमार्फत ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी चेक संकलन गर्न चाहने ऋणपत्रधनीहरुको हकमा रितपूर्वक मञ्जुरीनामा प्रदान गर्नुपर्ने बैंकले जनाएको छ। 

लगानीकर्ताहरुले बैंकको जुनसुकै कार्यालयबाट साँवा तथा ब्याज भुक्तानी लिन सक्नेछन्।

बैंकले १ हजार अंकित दकार कुल ४ लाख इकाइ भएको ऋणपत्र जारी गरेको थियो।