काठमाण्डौ । सामुदायिक लघुवित्त बित्तीय संस्था लिमीटेडले आगामी माघ ९ गतेदेखि ३ करोड रुपैयाँ बराबरको साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ३ लाख कित्ता सेयर निश्कासन गर्न लागेको हो । इच्छुक लगानीकर्ताले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म पनि माग गरेजति प्रस्ताव नपरे ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सकिने बताइएको छ ।
धितोपत्र बोर्डले यो कम्पनीलाई साधारण सेयरको प्राथमिक निश्कासनका लागि १५ दिनअघि अनुमति दिएको थियो ।
आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैकिङ रहेको छ ।
एसबीआई मर्चेन्ट बैकिङका अनुसार १२ हजार कित्ता संस्थाका कर्मचारी, १५ हजार कित्ता ११ म्युचुअल फण्डका लागि छुट्याइएको छ । बाँकी २ लाख ७३ हजार कित्ताका लागि मात्र सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
इच्छुक लगानीकर्ताले थोरैमा ५० र बढीमाा १ हजार ५ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
हाल यो कम्पनीको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापुँजी बढेर १० करोड पुुग्नेछ ।
आइपीओपछि कम्पनीको संस्थापक:सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ७०ः३० प्रतिशतमा कायम हुनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago