काठमाण्डौ । माथिल्लो तामाकोशीको आइपीओ बाँडफाँड मंगलबार हुने भएको छ । 

मंसिर ११ गते मंगलबार दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित क्रिष्टल पार्टी भेन्यूमा तामाकोशीको आइपीओ बाँडफाँडको कार्यक्रम राखिएको बिक्री प्रबन्धकमध्येको एक नागरिक लगानीकोषले जनाएको छ । 

अपर तामाकोशीले रु. १०० रुपैयाँ अंकित दरका १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण सेयर कात्तिक १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणहरुका लागि निश्कासन गरिएको थियो ।

यो कम्पनीको आइपीओमा आवेदन दिनेमध्ये करिब ६ हजार आवेदन दोहोरो परेको बताइएको छ । 

यो कम्पनीको आइपीओमा ३ लाख ४५ हजार आवेदकले ६ करोड ७० लाख कित्ताका लागि आवेदन दिएका बताइएको छ ।

बिक्री प्रबन्धककका अनुसार दोहोरो आवेदन गर्नेहरुको आवेदन स्वत: रद्ध हुनेछ। नाम थर स्पष्ट नभएको, हितग्राही खाता भर्न छुटेका तथा ठेगाना स्पष्ट नभएका नभएका आवेदक पनि शेयर प्राप्त गर्नबाट बञ्चित हुनेछन् ।