काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले बिहीबारदेखि सर्वसाधारणकालागि निष्कासन गरेको आईपीओमा २ लाख ८४ हजारभन्दा बढिले आवेदन दिएका छन् ।

कम्पनीको आईपीओमा पहिलो दिन ३२ लाख ४७ हजार ५२० कित्ताका लागि आवेदन परेको हो  ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार साँझ ५ बजेर ७ मिनेटसम्ममा  २ लाख ८४ हजार ९६८ जनाले आवेदन दिएका छन् । कम्पनीले १२ लाख ८४ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ। कम्पनीले जारी गरेको आईपीओमा ३२ करोड ४७ लाख ५२ हजार रूपैयाँको आवेदन परेको हो।
लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ। 

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ निष्कासन बन्द छिटोमा असोज २२ गते र ढिलोमा कात्तिक २ गते बैंकिङ समयपछि हुनेछ। यो आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।