काठमाण्डौ ।  मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओले कति पाउला त आपनिङ रेञ्ज भन्ने बारेमा यतिखेर लगानीकर्तालाई चासो भइरहेको छ ।

कम्पनीको सेयर अहिले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत हुने प्रक्रियामा छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि ९६ रुपैयाँ १४ पैसा देखि २८८ रुपैयाँ ४२ पैसासम्मको ओपनिङ रेञ्ज दिने सम्भावना रहेको छ ।

पहिलो कारोबार यही रेञ्ज भित्र हुने छ भने त्यसपछि कम्पनीको कारोबार नियमित सेसनमा जाने छ ।नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने भएकाले उक्त मूल्य रेञ्ज पाउने सम्भावना रहेको हो । 

कम्पनीको आईपीओ बडादसैँ अघि बाँडफाँट भएको थियो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गरेको थियो ।