काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको साधारण सेयर शुक्रबार बाँडफाँड गरिएको छ।

प्रभु क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा माया खोला हाइड्रोपावरको रु. १०० अकिंंत दरको २ लाख ४० हजार कित्ता सेयर विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि छुटयाइएर गत मंसिर ३ गतेदेखि पुस ८ गतेसम्म आवेदन खुला गरिउको छ। सी—आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट जम्मा ८ हजार ८०७ जना आवेदकबाट ७ लाख ७४ हजार २३० कित्ता सेयरका लागि आवेदन प्राप्त क्यापिटलले जनाएको छ। 

सी—आस्बा सदस्य बैक तथा वित्तिय संस्थाबाट विभिन्न कारणबाट ५४८ जना आवेदकहरुबाट प्राप्त ४७ हजार ३६० कित्ता सेयरका लागि परेको आवेदन रद्द गरेपश्चात बाँकी रहेका ८ हजार २५९ जना आवेदकबाट ७ लाख २६ हजार ८७० कित्ता सेयरका लागि आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ। बिक्री प्रबन्धकबाट आवेदन रुजु गर्दा १ जना आवेदकले दुईवटा हितग्राही खाताबाट ३० कित्ता सेयरका लागि आवेदन गरेकोले सोलाई रद्द गरी बाँकी हुन आएको ८ हजार २५७ जना आवेदकबाट प्राप्त ७ लाख २६ हजार ८४० कित्ता सेयरको आवेदन प्राप्त भएको थियो। 

क्यापिटलका अनुसार १० कित्तादेखि ३० कित्ता आवेदकहरुलाई मागबमोजिम तथा ४० कित्तादेखि ६ हजार ३०० सम्म आवेदन दिने आवेदकहरुलाई ३० कित्ताको दरले गरी जम्मा ८ हजार २५७ जना आवेदकलाई २ लाख १५ हजार ६७० कित्ता सेयर बाँडफाँड गरिएको  छ। बाँकी रहेको सेयरका लागि ४० कित्तादेखि ६ हजार ३०० कित्ता सेयर आवेदन दिने ५हजार ४८३ जना आवेदकबाट २४ हजार ३३० कित्ता गरी जम्मा २ लाख ४० हजार कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। 

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेबसाइट https://results.prabhucapital.com तथा सीडीएससीको वेबसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ।