काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनीले स्थानीयका लागि जारी आईपीओ आज बाँडफाँड गरिएको छ। 

प्रभु क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीको जारी पुँजीको १० प्रतिशत अर्थात रु. १० करोड रकमबराबरको रु. १०० अंकित दरका १० लाख कित्ता साधारण सेयरमध्ये संखुवासभा जिल्लाको चैनपुर नपाको वडा नं. ८ र ९, धर्मदेवी नपाको वडा नं. ३,४ र ५, मादी नपाको  वडा नं. ४ र ६ का स्थायी बासिन्दाहरुका लागि ६ लाख कित्ता र प्रभावित क्षेत्र संखुवासभा जिल्लाका चैनपुर नपाको वडा नं. ८ र ९, धर्मदेवी नपाको वडा नं. ३,४ र ५, मादी नपाको वडा नं. ४ र ६ बाहेकका चैनपुर, धर्मदेवी र मादी नगरपालिकका स्थायी बासिन्दाहरुका लागि ४ लाख कित्ता साधारण सेयरहरु गत मंसिर २३ गतेदेखि पुस १७ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएको थियो। सोही आईपीओ आज बाँडफाँड गरिएको हो। 

बाँडफाँडमा अतिप्रभावितमा १ हजार ७७२ जना आवेदकबाट प्राप्त ६ लाख ९० हजार ९४० कित्ताका लागि प्राप्त आवेदन रितपूर्वक प्राप्त भएकोमा  १० कित्तादेखि १ हजार २०० कित्तासम्म आवेदन आवेदकलाई सम्पूर्ण कित्ता गरी जम्मा ५ लाख २१ हजार ६२० कित्ता सेयर र १२०० कित्ताभन्दा बढी ९ हजार ५२० कित्ता सेयरका लागि आवेदन दिने प्रत्येक आवेदकलाई १ हजार २०० कित्ता सेयर गरी ७८ हजार कित्ता सेयर गर्दा जम्मा ५ लाख ९९ हजार ६२० कित्ता सेयर भएको र बाँकी रहेको ३८० कित्ताका लागि १३०० कित्तादेखि ९ हजार ५२० कित्तासम्म आवेदन दिने ६५ जनामध्ये ३८ जना हरेकलाई १० कित्ता सेयर बाँडफाँड गरिएको छ।

यसका साथै प्रभावितमा २ हजार ६२ जना आवेदकबाट ४ लाख १ हजार ८०० कित्ताका लागि आवेदन प्राप्त भएकोमा रितपूर्वक प्राप्त भएका आवेदनहरुमध्येहरुलाई ४ लाख कित्ता सेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको क्यापिटलले जनाएको छ। 

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेबसाइट https://results.prabhucapital.com बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ।