काठमाण्डौ । आज बुधबार बजार खुलेको २ घन्टामै ६ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।
यो समाचार तयार पार्दासम्म नेप्सेमा सूचीकृत २११ कम्पनीका १ करोड ३० लाख ५५ हजार ९५३ कित्ता सेयर ६ अर्ब १६ करोड ७८ लाख रुपैयाँ बढीमा कारोबार भएका छन्।
अहिलेसम्म नेप्से परिसूचक पनि १०.३६ अंकले बढेर २८०४.२५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कमपनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.७२ अंकले बढेर ४९८.९४ को विन्दुमा उक्लिएको छ।
यो बेलासम्म ९९ कम्पनीको सेयरमूल्य उकालो लागेको छ भने ७९ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ। ३ वटा कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ।
अहिलेसम्म ४ वटा कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। समता घरेलु लघुवित्त, रुरु जलविद्युत परियोजना, खानीखोला हाइड्रोपावर र कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।
यो बेलासम्म नेसनल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको मात्रै ३१ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago