काठमाण्डौ । साताको पहिलो दिन आइतबार सेयर बजार खुलेको एक घन्टामै ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।
यो समाचार तयार पार्दासम्म नेप्सेमा सूचीकृत २०१ कम्पनीका ६१ लाख ७९ हजार ५३७ कित्ता सेयर ३ अर्ब ७ करोड ७३ लाख ८८ हजार ७१८ रुपैयाँमा कारोबार भएको छ। अहिलेसम्म नेप्से परिसूचक भने ११.३५ अंकले घटेर २७७५.८३ को विन्दुमा झरेको छ।
अहिलेसम्म नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ४ वटामा मात्रै हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ। विकास बैंक, वित्त, जलविद्युत र म्युचुअल फन्ड समूहमात्रै उकालो लागेको छ भने अन्य समूह घटेको छ।
यो अवधिमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक १४ करोड रुपैयाँबराबरको कारोबार भएको छ। नेसनल लाइफ इन्स्योरेन्सको १० करोड ३५ लाख बढीको कारोबार भएको छ।
यो बेलासम्म ग्रिन डेभलपमेन्ट बैंकको सेयरभाउ सर्वाधिक ६ अंक बढीले उकालो लागेको छ भने पञ्चकन्या माई हाइड्रोपावरको सेयरमूल्य ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago