काठमाण्डौ । साताको पहिलो दिन आइतबार बजारले खुलेको करिब पौने २ घन्टामै २८०० विन्दु पारेको गरेको छ। कारोबार रकम पनि ७ अर्ब रुपैयाँ बढीको भएको छ।
यो समाचार तयार पार्दासम्म अहिलेसम्म नेप्से परिसूचक २७.७६ अंकले बढेको छ। परिसूचक अहिले २८१४.७६ को विन्दुमा पुगेको छ।
नेप्सेमा सूचीकृत २१७ कम्पनीका १ करोड ५४ लाख ४८ हजार ३१७ कित्ता सेयर ७ अर्ब १९ करोड ६८ लाख ११ हजार ७०३ रुपैयाँमा कारोबार भएको छ।
अहिलेसम्म नेप्से उपसमूहमा रहेका ११ वटा समूहमा हरियाली छाएको छ भने लघुवित्त समूहमा मात्रै रातो पोतिएको छ। विकास बैंक, बीमा र वित्त समूहमा सर्वाधिक उछाल छाएको छ।
यो अवधिमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २५ करोड ५१ लाख रुपैयाँबराबरको कारोबार भएको छ। नेसनल लाइफ इन्स्योरेन्सको २४ करोड ४२ लाख बढीको कारोबार भएको छ।
यो बेलासम्म ६ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले उकालो लागेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, सिनर्जी पावर, गोखार्ज फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19