काठमाण्डौ । आज बजार खुलेको सवा १ घन्टामै साढे ४ अर्ब रुपैयाँ बढीको कारोबार भइसकेको छ।
अहिलेसम्म नेप्सेमा सूचीकृतमध्ये २०५ कम्पनीका ९४ लाख ४९ हजार ४०९ कित्ता सेयर किनबेच भएको छ। जसअनुसार ४ अर्ब ५४ करोड ५७ लाख ७१ हजार १३१ रुपैयाँको कारोबार भएको छ।
यो अवधिमा नेप्से परिसूचक पनि १८.५२ अंकले बढेको छ। योसँगै परिसूचक २८३८.५२ को विन्दुमा उक्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.९४ अंकले बढेर ५११.१३ को उचाइमा पुगेको छ।
यो समाचार तयार पार्दासम्म ३ वटा कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ। बरुण हाइड्रोपावर, माउन्टेन हाइड्रो र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। मञ्जुश्री फाइनान्सको सेयरमूल्य भने ५ प्रतिशतको हाराहारीमा ओरालोका लागेको छ।
हालसम्म एचआईडीसीएलको उच्च कारोबार भएको छ। यो कम्पनी एक्लैको ८८ करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago