काठमाण्डौ । आज बजार खुलेको सवा २ घन्टामै साढे अर्ब रुपैयाँ बढीको कारोबार भइसकेको छ। 

अहिलेसम्म नेप्सेमा सूचीकृतमध्ये २११ कम्पनीका १ करोड ५७ लाख ३५ हजार २५९ कित्ता सेयर किनबेच भएको छ। जसअनुसार ७ अर्ब ५२ करोड ५१ लाख २५ हजार ७७४ रुपैयाँको कारोबार भएको छ। 

यो अवधिमा नेप्से परिसूचक पनि १५.२१ अंकले बढेको छ। योसँगै परिसूचक २८३५.२० को विन्दुमा उक्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.१९ अंकले बढेर ५१०.३७ को उचाइमा पुगेको छ।

यो समाचार तयार पार्दासम्म ३ वटा कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ। बरुण हाइड्रोपावर, माउन्टेन हाइड्रो र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। गुहेश्वरी मर्चेट बैंकको सेयरमूल्य भने ५ प्रतिशतको हाराहारीमा ओरालोका लागेको छ।

हालसम्म एचआईडीसीएलको उच्च कारोबार भएको छ। यो कम्पनी एक्लैको १ अर्ब ६ करोड रुपैयाँ बढीको कारोबार भएको छ।