काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार २ घन्टामै पौन ८ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ।
यो समाचार तयार पर्दासम्म नेप्सेमा सूचीकृत २०७ कम्पनीका २ करोड ३० लाख ५१ हजार २८५ कित्ता सेयर ७ अर्ब ६३ करोड ९४ लाख १६ हजार ७४४ रुपैयाँमा कारोबार भएका छन्।
यो बेलासम्म नेप्से उपसमूहमा १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। अहिलेसम्म निर्जीवन बीमा समूहमा सर्वाधिक १३९ अंकभन्दा बढीले उकालो लागेको छ भने जीवन बीमा र लघुवित्त समूह २०० अंकभन्दा बढीले ओरालो लागेका छन्।
अहिलेसम्म धेरै कमाउनेमा जलविद्युत समूह देखिएको छ। यो समूहमा १७ वटा कम्पनीमा पोजेटिभ सर्किट लागेको छ। खानीखोला, युनाइटेड मोदी र नेपाल हाइड्रोको सेयरमूल्यमा १० प्रतिशत तथा जोशी, दिव्यश्वरी, शिवश्री, हिमाल दोलखा, सानिमा माई, पञ्चकन्या माई, नेसनल, बुटवल पावर, युनियन, घलेम्दी, रिडी, सिनर्जी, युनिभर्सल, आँखुखोला जलविद्युतको मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्कि लागेको छ। अपी पावरको सेयरभाउ पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
अहिलेसम्म सर्वाधिक गुमाउने ९ कम्पनीमा सबै लघुवित्त रहेका छन्। जसमा लक्ष्मी, गुराँस, एनएमबी लघुवित्त, गणपति, मिर्मिरे, मेरो, साधना, सिभिल र समता घरेलु लघुवित्त छन्। यी लघुवित्तको सेयरभाउमा ५ प्रतिशतदेखि ६ प्रतिशत बढीले गिरावट आएको छ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १६.४१ अंकले ओरालो लागेर २८००.५८ विन्दुमा झरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago