काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार ३ घन्टामै ११ अर्ब रुपैयाँको बढीको कारोबार भएको छ।
यो समाचार तयार पर्दासम्म नेप्सेमा सूचीकृत २१० कम्पनीका ३ करोड ३५ लाख ३६ हजार ८१८ कित्ता सेयर ११ अर्ब ३ करोड ९७ लाख ३१ हजार ९३८ रुपैयाँमा कारोबार भएका छन्।
यो बेलासम्म नेप्से उपसमूहमा १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। अहिलेसम्म निर्जीवन व्यापार समूहमा सर्वाधिक २८९.९७ अंकले उकालो लागेको छ भने लघुवित्त समूह १६०.०५ अंकले ओरालो लागेका छन्।
अहिलेसम्म धेरै कमाउनेमा जलविद्युत समूह देखिएको छ। यो समूहमा २० वटा कम्पनीमा पोजेटिभ सर्किट लागेको छ। खानीखोला र युनाइटेड मोदीेको सेयरमूल्यमा १० प्रतिशत तथा कालिका पावार, रिडी, जोशी, अपी, दिव्यश्वरी, शिवश्री, राष्ट्रिय बीमा, हिमाल दोलखा, सानिमा माई, पञ्चकन्या माई, नेसनल हाइड्रो, बुटवल पावर, युनियन, घलेम्दी, युनिभर्सल, आँखुखोला, नेपाल हाइड्रो र माउन्टेन हाइड्रोको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजेटिभ सर्किट लागेको हो।
अहिलेसम्म सर्वाधिक गुमाउने लक्ष्मी लघुवित्त रहेको छ। यो लघुवित्तको सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आएको छ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १६.३५ अंकले उकालो लागेर २८३२.९५ विन्दुमा उक्लिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago