काठमाण्डौ । आज आइतबार सेयर बजार खुलेको २ घन्टामै पौने ९ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भइसकेको छ।
यो समाचार तयार पार्दासम्म नेप्सेमा सूचीकृत २११ कम्पनीका २ करोड ३१ लाख ४५ हजार ९७१ कित्ता सेयर ८ अर्ब ७३ करोड २२ लाख ५० हजार १८ रुपैयाँमा किनबेच भएको छ।
अहिलेसम्म नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा मात्रै रातो पोतिएको छ। यी समूहमध्ये जीवन बीमा समूह सर्वाधिक २९९ र विकास बैंक समूह २८० अंकले उकालो लागेको छ भने लघुवित्त समूह ३० अंकले ओरालो लागेको छ।
यो अवधिमा नेसनल हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भइरहेको छ। अहिलेसम्म यो कम्पनीको ३२ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भइसकेको छ।
अहिलेसम्म १८ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। ज्योति विकास बैंक, घलेम्दी हाइड्रो, आँखुखोला जलविद्युत, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, खानीखोला हाइड्रोपावर, सिन्धु विकास बैंक, जोशी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, नेसनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, समृद्धि फाइनान्स, गुडविल फाइनान्स, युनाइटेड हाइड्रोपावर, सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल हाइड्रोको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। साधना लघुवित्तको सेयरभाउ भने ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
यो बेलासम्म नेप्से परिसूचक ३१.८९ अंकले बढेर २८४७.२८ मा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.०७ अंकले बढेर ५०९.७८ को विन्दुमा उक्लिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago