काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार बजार खुलेको १ घन्टामा बजार १० अंकभन्दा बढीले उकालो लागेको छ। 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १०.६२ अंकले बढेको हो। अहिले परिसूचक २८३८.५५ विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि २.२६ अंकले बढेर ५०९.३१ को विन्दुमा उक्लिएको छ।

अहिलेसम्म नेप्सेमा सूचीकृत २०८ कम्पनीका ७३ लाख २५ हजार ८७० कित्ता सेयर ३ अर्ब ७३ करोड २१ लाख रुपैयाँ बढीको कारोबार भइसकेको छ। 

यो अवधिमा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा मात्रै रातो पोतिएको छ। यी समूहमध्ये होटेल तथा पर्यटन समूह सर्वाधिक ८५.३४ अंकले उकालो लागेको छ भने व्यापार समूह ४९.९१ अंकले ओरालो लागेको छ।

अहिलेसम्म राधी विद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ५८ करोड रुपैयाँ बढीको कारोबार भइसकेको छ। 

यतिबेलासम्म २ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। राधी विद्युत कम्पनी र सेन्ट्रल फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजेटिभ सर्किट लागेको छ। ज्योति विकास बैंकको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

माउन्टेन हाइड्राको सेयरभाउ भने ४ प्रतिशत बढीले ओरालो लागेको छ।