काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार बजार खुलेको २ घन्टामा बजार १४ अंकभन्दा बढीले ओरालो लागेको छ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १४.८२ अंकले घटेको हो। अहिले परिसूचक २८१३.११ विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि १.९७ अंकले घटेर ५०५.०८ को विन्दुमा ओर्लेको छ।
अहिलेसम्म नेप्सेमा सूचीकृत २१४ कम्पनीका १ करोड ५२ लाख ६८ हजार ४८७ कित्ता सेयर ७ अर्ब १ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भइसकेको छ।
यो अवधिमा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने १० वटामा मात्रै रातो पोतिएको छ। यी समूहमध्ये होटेल तथा पर्यटन समूह सर्वाधिक ३८.१७ अंकले उकालो लागेको छ भने जीवन बीमा समूह १४०.६ अंकले ओरालो लागेको छ।
अहिलेसम्म राधी विद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ६८ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भइसकेको छ।
यतिबेलासम्म राधी विद्युत कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ भने नारायणी डेभलपमेन्ट बैंकको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
बरुण हाइड्रोपावरको सेयरभाउ भने ९ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago