काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार बजार खुलेको ३ घन्टामा नेप्से परिसूचक १७ अंकभन्दा बढीले ओरालो लागेको छ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १७.४६ अंकले घटेको हो। अहिले परिसूचक २८१०.४६ विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि २.१५ अंकले घटेर ५०४.९० को विन्दुमा ओर्लेको छ।
अहिलेसम्म नेप्सेमा सूचीकृत २१६ कम्पनीका २ करोड २२ लाख ९१ हजार ७६२ कित्ता सेयर १० अर्ब २ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भइसकेको छ।
यो अवधिमा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ४ वटामा मात्रै हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ। यी समूहमध्ये लघुवित्त समूह सर्वाधिक २९.०४ अंकले उकालो लागेको छ भने निर्जीजीवन बीमा समूह १७५.८९ अंकले ओरालो लागेको छ।
अहिलेसम्म राधी विद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ८३ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भइसकेको छ।
यतिबेलासम्म ३ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। राधी विद्युत कम्पनी, सेन्ट्रल फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।
अरुण भ्याली हाइड्रोपावरको सेयरभाउ भने ९ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago