काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम बिहीबार बजार खुलेको १ घन्टामै साढे ४ अर्ब रुपैयाँ बढीको सेयर किनबेच भएको छ। 

यो समाचार तयार २०६ कम्पनीका ७१ लाख २९ हजार ९०७ कित्ता सेयर ४ अर्ब ५१ करोड ४१ लाख ६१ हजार ४७६ रुपैयाँमा किनबेच भएका हो। यो अवधिमा नेप्सेमा सूचीकृतमध्ये छिमेक लघुवित्तको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको मात्रै ५९ करोड ४ लाख रुपैयाँ बढीको कोरोबार भइसकेको छ। 

यो बेलासम्म नेप्से उपसमूहका रहेका १३ वटै समूहमा हरियाली छाएको छ। तीमध्ये जीवन बीमा समूह सर्वाधिक १८१.०६ अंक र होटेल तथा पर्यटन समूह १४८.९४ अंकले उकालो लागेका छन्। 

अहिलेसम्म २ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । मञ्जुश्री फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा युनियन हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजेटिभ सर्किट लागेको हो। 

त्यस्तै जोशी हाइड्रोपावरको सेयरभाउ भने ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

यो अवधिसम्म नेप्से परिसूचक ३५.२८ अंकले उकालो लागेको छ। अहिले नेप्से २८६२.४० को विन्दुमा उक्लिएको छ। 

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.७४ अंकले बढेर ५११.८९ को उचाइमा पुगेको छ।