काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम बिहीबार बजार खुलेको २ घन्टामै साढे ८ अर्ब रुपैयाँको हाराहारीमा सेयर किनबेच भएको छ।
यो समाचार तयार २१३ कम्पनीका १ करोड ५३ लाख २८ हजार १०८ कित्ता सेयर ८ अर्ब ४० करोड ८९ लाख ८ हजार ४९५ रुपैयाँमा किनबेच भएका हो। यो अवधिमा नेप्सेमा सूचीकृतमध्ये छिमेक लघुवित्तको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको मात्रै ६३ करोड ६९ लाख रुपैयाँ बढीको कोरोबार भइसकेको छ।
यो अवधिसम्म नेप्से परिसूचक ४३.१८ अंकले उकालो लागेको छ। अहिले नेप्से २८७०.३० को विन्दुमा उक्लिएको छ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.५२ अंकले बढेर ५१४.६७ को उचाइमा पुगेको छ।
यो बेलासम्म नेप्से उपसमूहका रहेका १३ वटा समूहमध्ये १२ वटा समूहमा हरियाली छाएको छ भने एउटामा रातो पोतिएको छ। तीमध्ये विकास बैंक समूह सर्वाधिक २७५ अंक र होटेल तथा पर्यटन समूह १४८.१५ अंकले उकालो लागेका छन्। जलविद्युत् समूह भने ३७.८ अंकले ओरालो लागेको छ।
अहिलेसम्म ५ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । पोखरा र मञ्जुश्री फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा ग्रिन, शाइन र सप्तकोशी डेभलपमेन्ट बैंकहरुका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजेटिभ सर्किट लागेको हो। कर्णाली डेभलपमेन्ट बैंक, बेस्ट फाइनान्स र लुम्बिनी विकास बैंकको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
त्यस्तै नारायणी डेभलपमेन्ट बैंक र बरुण हाइड्रोपावरको सेयरभाउ भने ४ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19