काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम बिहीबार बजार खुलेको ३ घन्टामै साढे पौने १३ अर्ब रुपैयाँको हाराहारीमा सेयर किनबेच भएको छ।
यो समाचार तयार २१६ कम्पनीका २ करोड ५० लाख ८० हजार ३०६ कित्ता सेयर १२ अर्ब ७१ करोड ३८ लाख ४१ हजार २७१ रुपैयाँमा किनबेच भएका हो। यो अवधिमा नेप्सेमा सूचीकृतमध्ये नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको मात्रै ७४ करोड २४ लाख रुपैयाँ बढीको कोरोबार भइसकेको छ।
यो बेलासम्म नेप्से उपसमूहका रहेका १३ वटा समूहमध्ये ९ वटा समूहमा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। तीमध्ये विकास बैंक समूह सर्वाधिक १२७.३३ अंक र होटेल तथा पर्यटन समूह ११६.१६ अंकले उकालो लागेका छन्। निर्जीवन बीमा समूह सर्वाधिक ७०.५३ अंकले ओरालो लागेको छ।
यतिबेला मञ्जुश्री फाइनान्सको सेयरमूल्यमा मात्र पोजेटिभ सर्किट लागेको छ । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ।
त्यस्तै आँखुखोला जलविद्युतको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ। यो कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
यो अवधिसम्म नेप्से परिसूचक २७.५३ अंकले उकालो लागेको छ। अहिले नेप्से २८५४.६५ को विन्दुमा उक्लिएको छ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.५४ अंकले बढेर ५१२.६९ को उचाइमा पुगेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19