काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजार खुलेको २ घन्टामै १० अर्ब रुपैयाँको आसपासमा कारोबार भएको छ।
यो समाचार तयार पर्दासम्म नेप्सेमा सूचीकृतमधये २११ कम्पनीका २ करोड ८ लाख २८ हजार ६६९ कित्ता सेयर १० अर्ब १५ करोड ७३ लाख ४३ हजार २९८ रुपैयाँको सेयर किनबेच भएको हो। यो अवधिमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ८४ करोड ४३ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ।
नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ। बैंकिङ समूह सर्वाधिक ८०.२१ अंकले उकालो लागेको छ भने जीवन बीमा समूह ९०.०३ अंकले ओरालो लागेको छ।
अहिलेसम्म २ वटा कम्पनीको सेयरभाउमा पोजेटिभ सर्किट लागेको छ। महिला लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा रिडी हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। नेपाल बंगलादेश बैंकको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। आँखुखेला जलविद्युतको सेयरमूल्य भने ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
अहिलेसम्म नेप्से परिसूचक ४८.३४ अंकले उकालो लागेको छ। योसँग नेप्से परिसूचक २९०५.११ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.१६ अंकले बढेर ५२०.२८ को उचाइमा पुगेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago