काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजार खुलेको ३ घन्टामा १३ अर्ब रुपैयाँ बढीको कारोबार भइसकेको छ।
यो समाचार तयार पर्दासम्म नेप्सेमा सूचीकृतमध्ये २१५ कम्पनीका २ करोड ७३ लाख ५४ हजार ७५८ कित्ता सेयर १३ अर्ब २ करोड २६ लाख ८० हजार ९९१ रुपैयाँको सेयर किनबेच भएको हो। यो अवधिमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ९६ करोड ७३ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ। निफ्राको पनि ६३ करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भइसकेको छ।
नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ। बैंकिङ समूह सर्वाधिक ६४.६० अंकले उकालो लागेको छ भने जीवन बीमा समूह १०४.६८ अंकले ओरालो लागेको छ।
अहिलेसम्म २ वटा कम्पनीको सेयरभाउमा पोजेटिभ सर्किट लागेको छ। महिला लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा रिडी हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। राधी विद्युत कम्पनीको सेयरमूल्य भने ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
अहिलेसम्म नेप्से परिसूचक ३७.२९ अंकले उकालो लागेको छ। योसँग नेप्से परिसूचक २८९४.०६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.३६ अंकले बढेर ५१८.४८ को उचाइमा पुगेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago