काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार बजार खुलेको १ घन्टामै साढे ४ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ।
यो समाचार तयार पार्दासम्म नेप्सेमा सूचीकृतमध्ये २०३ कम्पनीका ९६ लाख ७९ हजार १४७ कित्ता सेयर ४ अर्ब ४४ करोड ७४ लाख ९ हजार ५०८ रुपैयाँमा किनबेच भएको छ। अहिलेसम्म नेसनल हाइड्रो र निफ्राको सर्वाधिक कारोबार भएको छ। यी दुवै कम्पनीको १९ करोड रुपैयाँ बढीको कारोबार भइसकेको छ।
नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। अहिलेसम्म वित्त (फाइनान्स) समूह सर्वाधिक ११७.२८ अंकले उकालो लागेको छ भने बैंकिङ समूह सबैभन्दा बढी १७.३२ अंकले ओरालो लागेको छ।
यो अवधिमा ३ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। गुडविल फाइनान्स, रिडी हाइड्रोपावर र गुहेश्वरी मर्चेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। पोखरा फाइनान्सको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
युनाइटेड इदी मर्दीका सेयरधनीहरुले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
निकै उतारचढावबीच नेप्से परिसूचक १.४३ अंकले बढेको छ। अहिले नेप्से २९०८.३४ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.०३ अंकले घटेर ५२०.९८ को विन्दुमा झरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago