काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार बजार खुलेको १ घन्टामै ५ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भइसकेको छ।
यो समाचार तयार पर्दासम्म नेप्सेमा सूचीकृत २०५ कम्पनीका ९४ लाख ३९ हजार ७३४ कित्ता सेयर ४ अर्ब ९७ करोड २७ लाख ५० हजार ८६४ रुपैयाँमा कारोबार भएको छ। अहिले नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको मात्रै ६६ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
यो बेलासम्म नेप्से उपसमूहमा रहेको १३ वटा समूहमध्ये १० मा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। अहिलेसम्मको स्थिति हेर्ने हो भने विकास बैंक र वित्त समूहमा उछाल आएको छ । विकास बैंक समूह सर्वाधिक ९.१४ प्रतिशतले उकालो लागेको छ भने वित्त समूहमा ८.७२ प्रतिशतको बढोत्तरी भएको छ। लघुवित्त समूह भने ०.३६ अंकले ओरालो लागेको छ।
बजारमा यतिखेरसम्म २५ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। गोर्खाज फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशत तथा ज्योति विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, मल्टीपर्पस फाइनान्स, महालक्ष्मी विकास बैंक, गुहेश्वरी मर्चेन्ट बैंक, गुडविल फाइनान्स, मञ्जुश्री फाइनान्स, नेपाल फाइनान्स, कामना सेवा विकास बैंक, आईसीएफसी फाइनान्स, रिडी हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स, रिलायन्स फाइनान्स, बेष्ट फाइनान्स, सिन्धु विकास बैंक, लुम्बिनी विकास बैंक र मुक्तिनाथ विकास बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।
गरिमा विकास बैंक, लाइफ इन्स्योरेन्स, बरुण हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेका छन्।
मेरो माइक्रोफाइनान्सका सेयरधनीहरुले धेरै गुमाएका छन्। यो कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
यो अवधिसम्म बजार ३९.४५ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २९४६.१५ को विन्दुमा उक्लिएको छ।
राम्रा र बलिया कम्पनीको सूचक पनि ६.२१ अंकले बढेर ५२६.८५ को उचाइमा पुगेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago