काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार बजार खुलेको २ घन्टामै ९ अर्ब रुपैयाँ बढीको कारोबार भइसकेको छ।
यो समाचार तयार पर्दासम्म नेप्सेमा सूचीकृत २११ कम्पनीका १ करोड ९२ लाख ६७ हजार ३ कित्ता सेयर ९ अर्ब ९ करोड ६४ लाख ६३ हजार ४४५ रुपैयाँमा कारोबार भइसकेको छ। अहिले नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको मात्रै ७९ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
यो बेलासम्म नेप्से उपसमूहमा रहेको १३ वटा समूहमध्ये ११ मा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ। अहिलेसम्मको स्थिति हेर्ने हो भने विकास बैंक र वित्त समूहमा उछाल कायमै छ । विकास बैंक समूह सर्वाधिक ८.६९ प्रतिशतले उकालो लागेको छ भने वित्त समूहमा ८.७२ प्रतिशतको बढोत्तरी भएको छ। लघुवित्त समूह भने ०.५५ अंकले ओरालो लागेको छ।
बजारमा यतिखेरसम्म २६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। गोर्खाज फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, मल्टीपर्पस फाइनान्स, महालक्ष्मी विकास बैंक, गुडविल फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक, मञ्जुश्री फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, बरुण हाइड्रोपावर, रिडी हाइड्रोपावर, आईसीएफसी फाइनान्स, कामना सेवा विकास बैंक, युनिभर्सल पावर, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स, रिलायन्स फाइनान्स, बेस्ट फाइनान्स, जानकी फाइनान्स र सिन्धु विकास बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। मुक्तिनाथ विकास बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
मेरो माइक्रोफाइनान्सका सेयरधनीहरुले धेरै गुमाएका छन्। यो कम्पनीको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ।
यो अवधिसम्म बजार ४२.०५ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २९४८.७५ को विन्दुमा उक्लिएको छ।
राम्रा र बलिया कम्पनीको सूचक पनि ७.७४ अंकले बढेर ५२८.३७ को उचाइमा पुगेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago