काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार बजार सकारात्मक ढंगले अगाडि बढिरहेको छ। 

बजार खुलेको १ घन्टासम्म नेप्से २७.६५ अंकले उकालो लागिसकेको छ। योसँगै नेप्से ३०५३.४७ विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.०८ अंकले बढेर ५५५.१० को उचाइमा पुगेको छ।

यो समाचार तयार पार्दासम्म बजारमा २११ कम्पनीका ८४ लाख ५७ हजार ७ कित्ता सेयर ४ अर्ब ७२ करोड ३३ लाख ७० हजार १४६ रुपैयाँमा किनबेच भएका छन्। यो अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३० करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। यो बेलासम्म उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३.०५ प्रतिशतले उकालो लागेको छ भने विकास बैंक समूह १.६ प्रतिशतले ओरालो लागेको छ।

यो बेलासम्म ३ वटा कम्पनीमा सेयरमूल्यमा पोजेटिभ सर्किट लागिसकेको छ। सीईडीबी हाइड्रोपावर, खानीखोला हाइड्रोपाव र युनियन हाइड्रोपावरका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।