काठमाण्डौ । निकै उतारचढावबीच आज मंगलबार बजार खुलेको तेस्रो घन्टामा फेरि लयमा फर्केको छ। 

बजार खुलेको पहिलो एक घन्टामा उकालो लागेको बजार दोस्रो घन्टामा ओरालो लागेको थियो। तर, तेस्रो घन्टासम्म बजार पुनः लयमा फर्केको हो। 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १०.९७ अंकले उकालो लागेको छ। अहिले नेप्से ३०३६.७९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ३ अंकले बढेर ५५३.०१ को उचाइमा पुगेको छ। 

यतिबेलासम्म नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका २ करोड ३१ लाख ५१ हजार ६६० कित्ता सेयर १२ अर्ब ३७ करोड ८५ लाख ८७ हजार ९ रुपैयाँमा किनबेच भएका छन्। यो अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ६१ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। यो बेलासम्म अन्य समूह सर्वाधिक ४.४९ प्रतिशतले उकालो लागेको छ भने विकास बैंक समूह ३.१९ प्रतिशतले ओरालो लागेको छ।

यो बेलासम्म ३ वटा कम्पनीमा सेयरमूल्यमा पोजेटिभ सर्किट लागिसकेको छ। सीईडीबी हाइड्रोपावर, खानीखोला हाइड्रोपाव र युनियन हाइड्रोपावरका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।