काठमाण्डौ । धितोपत्र कारोबार साताको दोस्रो दिन सोमबार पनि बजारको उकालो यात्रा जारी नै रहेको छ।
बजार खुलेको २ घन्टामा नेप्से परिसूचक ३३.४८ अंकले उकालो लागेको छ। योसँगै नेप्से ३०१४.०९ को विन्दुमा उक्लिएको छ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.४५ अंकले बढेर ५६५.४१ को उचाइमा पुगेको छ।
यो बेलासम्म पौन ७ अर्ब रुपैयाँ बढीको सेयर किनबेच भइसकेको छ। अहिलेसम्म नेपाल बंगलादेश बैंकको सर्वाधिक २१ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा हरियाली छाएको छ। जसमा व्यापार समूहमा सर्वाधिक ५.१३ प्रतिशतको बढोत्तरी भएको छ। वित्त समूह भने ०.५९ प्रतिशतले ओरालो लागेको छन्।
यो बेलासम्म विशाल बजार कम्पनीको सेयरभाउ सर्वाधिक ८.५ प्रतिशतले उकालो लागेको छ। मञ्जुश्री फाइनान्स, एचआईडीसीएल र श्री इन्भेस्टमेन्ट फाइनान्सको सेयरभाउ पनि २ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago