काठमाण्डौ । धितोपत्र कारोबार साताको दोस्रो दिन सोमबार पनि बजारमा निकै उतारचढाव देखिएको छ।
सुरुआती चरणदेखि बजारमा उतारचढाव देखिएको हो। बजार खुलेको ३ घन्टामा नेप्से परिसूचक ८.५७ अंकले बढेको छ। यसअघि बजार खुलेको २ घन्टामा बजार ३३.४८ अंकले उकालो लागेको छ भने सुरुआती चरणमा ५० अंकसम्मले बजार बढेको थियो।
यो समाचार तयार पार्दासम्म नेप्से २९८९.१८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.४० अंकले घटेर ५६०.५६ मा समेटिएको छ।
यो बेलासम्म साढे ९ अर्ब रुपैयाँको हाराहारीमा सेयर किनबेच भइसकेको छ। अहिलेसम्म एनआईसी एसिया बैंकको सर्वाधिक २९ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ८ वटामा हरियाली छाएको भने ५ वटामा रातो पोतिएको छ। जसमा व्यापार समूहमा सर्वाधिक ४.३७ प्रतिशतको बढोत्तरी भएको छ। वित्त समूह भने १.४४ प्रतिशतले ओरालो लागेको छ।
यो बेलासम्म सिनर्जी पावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ।
त्यस्तै विशाल बजार कम्पनीको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। एचआईडीसीएलको सेयरभाउ भने ३ प्रतिशत बढीले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19