काठमाण्डौ । सेयर बजार बुधबार कारोबार खुलेको साढे २ घन्टामै १०० अंक बढीले ओरालो लागेको छ।
यो समाचार तयार पार्दासम्म दिउँसो १ः२३ बजेसम्म बजार १०९.१३ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक २७०३.१३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १९.०२ अंकले घटेर ५०६.७६ को विन्दुमा झरेको छ।
अहिले कारोबारमा आएका २ वटा कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १८३ कम्पनीको सेयरभाउ घटेको छ।
नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका ९८ लाख ९१ हजार ३९० कित्ता सेयर ५ अर्ब ८ करोड ९७ लाख रुपैयाँमा किनबेच भएका छन्।
अहिलेसम्म अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक २१ करोड ५१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
यो अवधिमा मनकामना स्मार्ट लघुवित्तको सेयरभाउमा १० प्रतिशत हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। डिप्रोक्स लघुवित्तको सेयरभाउ पनि १.८६ प्रतिशतले बढेको छ।
हालसम्म ११ वटा कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ। नेपाल हाइड्रो र जोशी हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशत तथा सीईडीबी हाइड्रो, पञ्चकन्या माई हाइड्रो, एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन पावर पाटर्नर, गुह्वेश्वरी मर्चेन्ट, पोखरा फाइनान्स, रिलायन्स फाइनान्स, मल्टीपर्पस फाइनान्स र रिडी हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19