काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि सेयर बजार हरियाली छाइरहेको छ। 

यो समाचार तयार पार्दा (१ः४० बजे)सम्म नेप्से परिसूचक उकालो लागेर २२०० को विन्दु पारेको छ। अहिलेसम्म नेप्से परिसूचक ३५.४४ अंकले बढेर २२००.०५ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.५८ अंकले बढेर ४१७.०९ को विन्दुमा उक्लिएको छ। 

यो अवधिसम्म नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ। जलविद्युत समूह सर्वाधिक ४.२ प्रतिशतले उकालो लागेको छ। 

खप्तड लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा राधी विद्युत कम्पनी र बाराही हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हारहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ। 

रिडीको सर्वाधिक १५ करोड ७५ लाख रुपैयाँ बढीको कारोबार भएको यो अवधिसम्म ३ अर्ब १३ करोड रुपैयाँ बढीको कारोबार भइसकेको छ।