काठमाण्डौ । यो साता लगातार दुई दिन भारी गिरावट व्यहोरेको बजार आज सकारात्मक ढंगले अगाडि बढेको छ।
यो समाचार तयार पार्दासम्म बजारमा ६५ अंकभन्दा बढीले उकालो लागेको छ। योसँगै अहिलेसम्म नेप्से परिसूचक २५७२.४१ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि १०.६५ अंकले बढेर ४६३.४४ को विन्दुमा उक्लिएको छ।
अहिलेसम्म साढे ३ अर्ब रुपैयाँ बढीको कारोबार भइसकेको छ। यतिबेलासम्म नेप्से उपसमूहमा रहेको सबै समूहमा हरियाली छाएको छ भने ३ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ।
सरकारले निषेधाज्ञा जारी गरेपछि मनोवैज्ञानिक रुपमा त्रसित लगानीकर्ता आज भने आक्रामक रुपमा बजार पसेका छन् । सुरुआती कारोबारमा बढोत्तरी आएको थियो भने करिब ११ः३० मा केही बिक्रीचाप परेको थियो । तर बजार धेरै घटेको र २५०० को मनोवैज्ञानिक विन्दुबाट बजार तल जान नमानेपछि पर्ख र हेरको अवस्थामा बसेका ठूला लगानीकर्ता बजार पस्दा आजको बजार सकारात्मक भएर बन्द हुन सक्ने लक्षण देखिएको छ।
लगातार भारी गिरावट आउँदा लगानीकर्तामा निराशा छाउँदै गएको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago