काठमाण्डौ । सोसल मिडिया फर्म मेटाका मालिक मार्क जुकरबर्गले बिहीबार नयाँ माइक्रो ब्लगिङ साइट ‘थ्रेड्स’ लन्च गरेका छन्। यसलाई ट्विटरको प्रतिस्पर्धी मानिएको छ। 

कतिपय प्रयोगकर्ताले यसलाई ‘ट्विटर किलर’ नाम पनि दिएका छन्। ट्विटरका विश्वभर १०० करोडभन्दा बढी प्रयोगकर्ता छन्।

मेटाका सीईओ मार्क जुकरबर्गले मात्र दुई घन्टामा २० लाख मानिस थ्रेडमा सामेल भएको बताए। ४ घन्टापछि यसको संख्या बढेर ५० लाख नाघेको छ। यो भर्खरै १०० देशमा लन्च गरिएको छ। नियामकको चिन्ताका कारण यो युरोपेली संघमा सुरु भएको छैन।

ट्विटर जस्तै यो पनि टेक्स्ट बेस्ड प्लेटफर्म हो। प्रयोगकर्ताले यसमा ५०० अक्षर लामो थ्रेड पोस्ट पोस्ट गर्न सक्छन्। यसमा लिंक, फोटो र भिडियो पनि सेअर गर्न सकिन्छ। भिडियो ५ मिनेटसम्म पोस्ट गर्न सकिन्छ। –एजेन्सी