Symbolic Image
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले स्टक ब्रोकरद्वारा प्रवाह गरिने मार्जिन लेण्डिङलाई सरल बनाउने भएको छ।
नेपाल स्टक एक्सचेञ्जले कार्यान्वयन गर्ने भनिएको मार्जिन कारोबार सुबिधा सम्बन्धी कार्याविधी, २०७५ भएका अप्ठ्यारा शर्त र सीमाका कारण ब्रोकरद्वारा प्रवाह हुुने मार्जिन लेण्डिङ सुविधा सुपर फ्लप भएको थियो ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगानाले मार्जिन कारोबार सुबिधा सम्बन्धी कार्याविधी, २०७५ मा भएका ३–४ वटा अप्ठ्यारा बुँदाहरुलाई सरल बनाई लगानीकर्ताहरुलाई सहज बनाउने लागिएको बताए ।
मार्जिन कारोबार सुबिधा सम्बन्धी कार्याविधी, २०७५ मा भएका ३–४ वटा बुँदाहरुलाई हाल रिभ्यू गर्ने काम भइरहेको र ढिलोमा अर्को साताभित्र अप्ठ्यारा प्रावधानलाई सहज बनाइने जानकारी दिए मार्जिन कार्यविधिमा भएका केही बुँदालाई सरल बनाइएको खण्डमा बजारमा सहजता अभिवृद्धि हुने ढुंगानाको ठहर छ ।
मार्जिन कर्जाको सीमा, एउटा कम्पनीमा १० प्रतिशत लगानी गर्नैपर्ने बाध्यता, लगातार ३ वर्षदेखि मुनाफा गरेको कम्पनी र नेप्सेले मार्जिन कारोबारयोग्य धितोपत्रमा परेका कम्पनीको सूचीका कारण मार्जिन लेण्डिङ चलेन ।
तीन महिनामै राफसाफ र तीन महिनामा पुनः सर्भिस चार्ज तिर्नुपर्ने भएकाले वाणिज्य बैंकभन्दा झञ्झटिलो भएका कारण पनि ब्रोकरभन्दा बैंकको मार्जिन लेण्डिङप्रति लगानीकर्ताहरुको झुकाव देखिन्छ।
ब्रोकर कम्पनीले नेटवर्थको दुईगुणासम्म अर्थात औसत करिब १० करोड रुपैयाँँसम्म यस्तो ऋण दिनसक्ने व्यवस्था छ। उनीहरुले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नेप्सेले स्वीकृत गरेका कम्पनीको धितोमा मात्र ऋण दिन सक्नेछन्।
हालसम्म ५० ब्रोकर कम्पनीमध्ये नेप्सेबाट २२ कम्पनीले मार्जिन लेन्डिङ सुविधा प्रदान गर्न अनुमति प्राप्त गरेका छन्। यस वर्ष अनुमति लिएका ती ब्रोकर कम्पनीमध्ये १७ ब्रोकर कम्पनीले मात्रै लाइसेन्स नवीकरण गरेका छन्।
ब्रोकरद्वारा प्रवाह गरिने मार्जिन लेण्डिङका शर्त तथा सीमाहरु सरल भएमा बजार थप गतिशील बन्दै बजारमा थप तरलता वृद्धि हुने विश्वास लिइएको छ । सेयर बजारमा चौतर्फी माहौल सकारात्मक भइरहेका बेला ब्रोकरको मार्जिन लेण्डिङका कारण समेत बजारले थप उचाई हासिल गर्नसक्ने अपेक्षा गरिएको छ ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago