काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ।
नेप्सेले सार्वजनिक गरेको मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको नामावलीमा १७ वटा वाणिज्य बैंकसहित ८७ वटा कम्पनी छन्। जसमा ८ वटा राष्ट्रियस्तरका विकास बैंक पनि छन्।
मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको सूचीमा कृषि विकास बैंक, सिटिजन्स बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक, एनएमबि बैंक, प्राइम बैंक, प्रभु बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सनराइज बैंक छन्।
त्यस्तै राष्ट्रियस्तरका विकास बैंकहरु गरिमा, ज्योति, कामना सेवा, महालक्ष्मी, लुम्बिनी, मुक्तिनाथ, सांग्रिला र शाइन रेसुंगा पनि मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको सूचीमा छन्।
पाँचवटा फाइनान्स सेन्ट्रल, मञ्जुश्री, पोखरा, आईसीएफसी र रिलायन्स पनि यो सूचीमा रहेका छन्।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले मार्जिन कारोबारसम्बन्धी कार्यविधिअनुसार यो सूची नेप्सेले तयार पारेको बताए। ‘उक्त कार्यविधिले तोकेको मापदण्ड पुगेका कम्पनीहरुको नामावली नेप्सेले तयार गरेको हो’, उनले भने।
यस्ता छन् मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको नामावली –
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19