काठमाण्डौ । नेपाल टेलिकमका सेयरधनीहरु मालामाल भएका छन् ।
टेलिकम संचालक समितिले घोषणा गरेको ५१ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई सोमबार सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले पारित गरेसँगै सेयरधनी मालामाल भएका हुन्।
प्रस्ताव पास भएसँगै सबैभन्दा धेरै चुक्तापूँजी भएको यो कम्पनीले अब ७ अर्ब ६५ करोड नगद लाभांशको रुपमा आफ्ना सेयरधनीलाई वितरण गर्नुपर्नेछ ।
साधारणसभामा प्रस्ताव पारित भइसकेकोले सेयरधनीले नगद लाभांश पाउने प्रक्रिया केही दिनपछिदेखि नै सुरु हुने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बिजशालालाई बताइन् ।
सोमबारको साधारणसभाका लागि टेलिकमले फागुन १५ देखि ३० गतेसम्मका लागि बुक क्लोजको मिति तोकेको थियो । फागुन १२ गतेसम्म टेलिकमको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेका सेयरधनीले घोषित नगद लाभांश पाउने छन् ।
कम्पनीले आर्थिक वर्ष २०७२/७३ मा ११ अर्ब ५२ करोड खूद नाफा आर्जन गरेको थियो । सोही नाफाबाट लगानीकर्ताले ५१ प्रतिशत नगद लाभांश वितरण हुन लागेको हो ।
नेपाल टेलिकममा ९१.४९ प्रतिशत लगानी सरकारको छ । यो कम्पनीमा सर्वसाधारणको ४.४४ प्रतिशत, कर्मचारीको ४.०४ र नागरिक लगानी कोषले ०.०३ प्रतिशत लगानी रहेको छ । यसको अर्थ, घोषित नगद लाभांशमध्ये करिब ७ अर्ब रुपैयाँ सरकारी ढिकुटीमा जम्मा हुनेछ । सर्वसाधारण सेयरधनीको भागमा ६५ करोड बढी नगद विनियोजित हुनेछ ।
कम्पनीले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ७ अर्ब ९१ करोड खूद नाफा आर्जन गरेको छ । कम्पनीको चुक्तापूँजी १५ अर्ब रुपैयाँ छ ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19