काठमाण्डौ । मासिक १० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकहरुले अब महसुल तिर्नु नपर्ने भएको छ ।
सरकारले बजेटमार्फत यस्तो व्यवस्था गरेको हो ।
मासिक १० युनिटसम्म बिजुली खपत गर्ने घरायसी साना विद्युत उपभोक्ताले महसुल तिर्नु नपर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा गरेका हुन् ।
यस्तै, मासिक १ सय ५० युनिट खपत गर्नेलाई महसुलमा २५ प्रतिशत छुट हुने घोषणा गरिएको छ ।
यसैगरी, २ सय ५० युनिट सम्म खपत गर्नेलाई १५ प्रतिशतले महसुलमा छुट दिइने अर्थमन्त्रीले घोषणा गरेका छन् ।
साथै बजेटमा खानेपानी र सिंचाई उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत् शुल्क मिनाहा र विद्युत् महसुलमा सहुलियत दिने व्यवस्था गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago