काठमाण्डौ । सरकारले मासिक १० करोडसम्म बिजुली प्रयोग गर्ने उद्योगलाई महसुलमा १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।
नेपाली उत्पादन बढाउन र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न त्यस्ता उद्योगहरुलाई महसुलमा २ प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए।
नेपालमै उत्पादन सम्भावना भएका उद्योगबाट उत्पादित वस्तुको खपतमा जोड दिइनेछ। आयात प्रतिस्थापन गर्न स्वदेशमा उत्पादन उपभोग र निर्यात सम्भावना भएको कृषि उद्योग र उत्पादनमूलक उद्योगको प्रवर्द्धन गरेर वस्तु उत्पादन र खपत बढाइने नीति आगामी बजेटमार्फत लिइएको छ।
उत्पादनको सम्भावना भएका कृषिजन्य वस्तु उत्पादन र प्रशोधन गर्दै आयात प्रतिस्थापनमा जोड दिइने भएको हो।
आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, फुटवेयर र खानेपानीजस्ता वस्तुको निर्यात प्रवर्द्धन गरिने बताए। यस्ता वस्तुको निर्यातमा ८ प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago