काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर स्वामित्व परिमार्जन भएको छ। 

संस्थाले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिवर्तन गरेको हो। जसअनुसार संस्थाले सेयर स्वामित्व परिवर्तन गर्दै संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गरेको छ। 

यसअघि संस्थामा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको थियो। 

हाल नेप्सेमा मिथिला लघुवित्तको कुल १९ लाख ६० हजार २७.५६ कित्ता सेयर सूचीकृत छ। जसमा परिवर्तित सेयर संरचनाअनुसार अब संस्थापक समूहको ९ लाख ९९ हजार ६१४.०६ कित्ता र सर्वसाधारण समूहको ९ लाख ६० हजार ४१३.५ कित्ता कायम भएको छ। 

परिवर्तित सेयर संरचनाअनुसार दुवै समूहको सेयर सूचीकृत गरिएको नेप्सेले जनाएको छ।