काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज असोज ३० गते अन्तिम दिन रहेको छ।

मिर्मिरेले लघुवित्तले गत असोज २५ गतेबाट सर्वसाधारणका लागि एफपीओ बिक्री खुला गरेको थियो। यो एफपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ। 

सीडीएससीका अनुसार सोमबार साँझ ५ बजेसम्म १२ लाख १२ हजार १०९ जनाले १ करोड ३८ लाख ८३ हजार ७३० कित्ताका लागि आवेदन परेको छ । जसअनुसार संस्थाले जारी गरेको एफपीओमा १ अर्ब ३८ करोड ८३ लाख ७३ हजार रुपैयाँको आवेदन परेको हो। जुन मागभन्दा ११२.१३ गुणा बढी रहेको छ। 

संस्थाले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख २३ हजार ८१६.४५ कित्ता सेयर निष्कासन गरेको छ । यो एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। 

यो एफपीओको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।