काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ आज बिहीबार बाँडफाँट गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बिहान ८.३० बजे एफपीओ बाँडफाँट गरिएको हो। 

मिर्मिरे लघुवित्तले गत असोज २५ गतेदेखि असोज ३० गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । यो एफपीओमा अन्तिम दिनसम्म १३ लाख २१ हजार ५३६ आवेदकबाट कुल १ करोड ४८ लाख ४८ हजार ६० कित्ता सेयर माग भएको थियो। 

कुल परेको आवेदनमध्ये १३ लाख २० हजार २०३ आवेदकबाट माग भएको १ करोड ४८ लाख ३१ हजार २८० कित्ता सदर भएको छ भने १ हजार ३३३ आवेदकबाट परेको १६ हजार ७८० कित्ता बदर र रद्द भएका छन्। 

मागभन्दा बढी आवेदन परेकै कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी १२ हजार ३८१ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानी आवेदकमध्ये ६ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। 

सदर आवेदकमध्ये १३ लाख ७ हजार ८२२ जनाको  हात खाली भएको छ। 

यो एफपीओको अन्तिम नतिजा केहीबेरमा हेर्न सकिनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र एफपीओ निष्कासनकर्ता संस्था र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।