काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको हकप्रद सेयर खरिद गर्ने समयावधि थप गरिएको छ। 

कम्पनीले गत कात्तिक २५ गतेबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको ५५.५५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो। यो हकप्रद सेयर मंसिर २९ गतेसम्म बिक्री खुला रहने पनि कम्पनीले जनाएको थियो। आमनिर्वाचनलगायतका हालको असहज वित्तीय परिस्थितिका कारण केही सेयरधनीहरुबाट म्याद थपका लागि गरिएको आग्रहलाई ध्यानमा राखेर बिक्री खुला अवधि थप गरिएको कम्पनीले आज एक सूचना प्रकाशित गरी जानकारी गराएको छ। 

अब यो हकप्रद यही पुस १५ गतेसम्म खरिद गर्न सकिने कम्पनीले आफ्ना सेयरधनीहरुलाई जानकारी गराएको छ। 

कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० अंकित दरका कुल २० लाख कित्ता हकप्रद बिक्री खुला गरेको छ। गत असोज २८ गते सम्पन्न कम्पनीको चौथो वार्षिक साधारणसभाबाट पारितबमोजिम कम्पनीले आफ्ना सेयरधनीहरुलाई १ः०.५५ अनुपातमा हकप्रद जारी गरेको हो।

हकप्रद सेयर खरिद गर्न कम्पनीले सेयरधनीहरुलाई कम्पनीको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गरेको छ। 

कम्पनीको हाल ३६ करोड रुपैयाँ चुक्तापुँजी रहेको छ। हकप्रद बिक्रीपछि चुक्तापुँजी ५६ करोड रुपैयाँ पुग्नेछ।