-अर्जुन तिमिल्सिना
काठमाण्डौ । शिखर इन्स्योरेन्स नेपालका जीवन बीमा कम्पनीहरुमा एक हो । ब्यवसायको हिसाबले यो कम्पनी राष्ट्रिय बीमा कम्पनी पछिको दोस्रो स्थानमा पर्छ । यस आर्थिक बर्षको दोस्रो त्रैमासिक प्रतिबेदनअनुसार यो कम्पनीको चुक्तापुँजी २ अर्ब २८ करोड ६० लाख बराबर रहेको छ । यो भनेको गत आर्थिक बर्षको यही अवधिको तुलनामा ३० प्रतिशतले बढी हो ।
कम्पनीको रिजर्वमा हाल ९७ करोड १० लाख २ हजार रुपियाँ रहेको छ । यो भनेको गत वर्षको यही समीक्षा अवधिको तुलनामा ४० प्रतिशतले बढी हो ।
दोस्रो त्रैमाससम्म कम्पनीको खूद मूनाफा २४ करोड ७ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा झण्डै १ प्रतिशतले कम हो ।
पुँजी बढेसँगै प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । यस आर्थिक बर्षमा २१ रुपियाँ मात्रै प्रतिसेयर आम्दानी रहेको यो कम्पनीको अघिल्लो बर्षमा भने २७ रुपियाँ ६४ पैसा थियो ।
यो त्रैमासमा कम्पनीको बुक भ्यालुमा र रिटर्न अन इक्वीटिमा पनि गिरावट आएको छ । हाल कम्पनीको बुक भ्यालु २१५.२१ रुपियाँ रहेको छ भने रिटर्न अन इक्वीटी जम्मा ९.७८ प्रतिशत रहेको छ । यो कम्पनीको ८ वर्षको औसत लाभांश दर झण्डै ३१ प्रतिशत रहेको छ ।
प्राविधिक पक्ष
मुभिङ एभरेजको आधारमा
मुभिङ एभरेजको आधारमा यो कम्पनीलाई हेर्दा हाल गोल्डेन क्रसओभर बनेको देखिन्छ । यदि मुभिङ एभरेज २०० दिनको रेखालाई ५० दिनको मुभिङ एभरेजले तलबाट काट्छ भने त्यसलाई गोल्डेन क्रसओभर भएको मानिन्छ । (हेर्नुहोस हरियो एरो) । यसको विपरीत यदि ५० दिनको मुभिङ एभरेजले २०० दिनको मुभिङ एभरेजले माथिबाट काट्छ भने त्यसलाई डेथ क्रसओभर भनेर बुझिन्छ । (हेर्नुहोस रातो एरो) यो कम्पनीमा पनि हाल गोल्डेन क्रसओभर बनेको देखिन्छ ।
फियर एण्ड ग्रिड मिटर
फियर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी यो साता स्ट्रङ बियरिस सेन्टीमेन्टमा चलेको देखिन्छ । यदि फियर एण्ड ग्रिड मिटरमा २० को विन्दुभन्दा तल भए वियरिस, ५० को विन्दुमा भएमा न्यूट्रल र ८० भन्दा माथि भएमा बुलिस सेन्टिमेन्ट भन्ने बुझिन्छ । हाल यो कम्पनी दोस्रो बजारमा प्रतिकित्ता ७५० रुपियाँमा अन्तिम करोबार भएको छ ।
बोलिङ्गर ब्यान्डको आधारमा यो कम्पनीलाई आवर्ली बेस्डमा हेर्दा ब्यान्डको तल्लो विन्दुलाई छोएर आज अन्तिम समयमा मारुबुजु क्याण्डल बनेको छ । (हेर्नुुहोस कालो एरो) म्याक्डीको आधारमा हेर्दा यो कम्पनीमा १२ फेब्रुअरीमा बियरिस क्रसओभर बनेको हालसम्ममा पनि भ्यालिड नै छ । हिस्टोग्राम क्रमशः छोटा छोटा हुँदै गएका छन् । आरएसआई हाल ३० को ओभरसोल्ड जोनबाट फर्केको छ । समग्रमा तीनवटै इन्डिकेटरले अल्पकालीन तथा दीर्घकालीन लगानीकर्ताका लागि खरिद अवसर बनेको देखिन्छ ।
पिभट् प्वाइन्टको आधारमा
पिभट विश्लेषण (आवर्ली बेस्डमा)
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। यो कम्पनीको सम्भावित उत्तारचढाव निम्नअनुसार हुनसक्नेछ ।
बढेमा प्रतिरोध
प्रतिरोध १– ७७८
प्रतिरोध २– ८०४
प्रतिरोध ३– ८१८
पिभट प्वाइन्ट: ७६४
घटेमा सपोर्ट
सपोर्ट १ – ७३८
सपोर्ट २– ७२४
सपोर्ट ३– ६९८
निश्कर्ष: आधारभूत रुपमा हेर्दा यो कम्पनी निर्जीवन बीमा कम्पनीहरुमा व्यवसायिक हिसावले दोस्रो स्थानमा रहेको देखिन्छ । तर कम्पनीको अघिल्लो आर्थिक बर्षको तुलनामा पुँजी बढेको छ । त्यस आधारमा रिटर्न अन इक्वीटी भने बढ्न सकेको देखिँदैन । कम्पनीको खुद मूनाफा, प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । कम्पनीको रिजर्ब भने बढेको देखिन्छ । प्राविधिक हिसाबले यो कम्पनीमा अल्पकालमा भने खरिद दवाब आउनसक्ने देखिन्छ । किनकी बोलिङ्गर ब्यान्डको तल्लो विन्दुमा छोएर आज बुलिस मारुबुजु क्याण्डल बनाएको छ ।
(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो कुनै कारोबारको सिफारिस भने होइन ।)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19