काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको काम गर्ने तौरतरिकाले मुलुकको अर्थतन्त्रका समस्या समाधान नहुने बताएका छन्।

बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उनले सन्तुष्टि जनाउँदै भने, ‘जनताका अपेक्षा पूरा भएका छैनन्। कहिं नै कहिं फेलियरको सामना गरिरहेका छौं। विगतका तमाम तथ्यांक र परिणामले कहिं नै कहिं सोच्नुपर्ने देखियो।’

उनले अब गुणात्मक सुधारको विकल्प नरहेको भन्दै संरचनागतरुपमा कहाँ चुकेका छौं भन्नेबारे छानबिन आवश्यक रहेको बताए।
आगामी दिनमा गुणात्मक सुधारका उपाय खोजी गर्न जरुरी रहेको उनको भनाइ छ ।

‘त्यसका लागि आफू परिवर्तनको दिशातिर जानुपर्ने हुन्छ । आउने वर्षहरुमा ती कुराहरुमा हामीले गुणात्मक सुधारका उपायहरुको खोजी गर्न जरुरी छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
उनले सार्वजनिकरुपमा त्यसो भनिरहँदा अर्थमन्त्री डा प्रकाशशरण महत मौन थिए ।