एसियाको सबैभन्दा धनाढ्य व्यक्ति तथा रिलायन्स कम्पनीका मालिक मुुकेश अम्बानीको सम्पतिमा यो बर्ष करीब १७ अर्ब डलरको बढोत्तरी भएको छ । यो बढोत्तरीसँगै अम्बानीको कुुल सम्पती ६१ अर्ब डलर पुुगेको छ । यो सम्बन्धी जानकारी ब्लुुमबर्ग बिलिनीयर्स इन्डेक्समा प्रकाशन भएको छ ।
मुुकेश अम्बानीको तुुलनामा चिनियाँ इ–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक माको सम्पत्ति ११.३ अर्ब डलरले बढेको छ । यस्तै जेफ बेजोसको सम्पत्ति भने योे बर्ष १३.२ अर्ब डलरले घटेको छ ।
ब्लुमबर्गको रिपोर्ट अनुसार मुुकेश अम्बानीको सम्पत्ति बढ्नुुको पछाडि रिलायन्स इन्डस्ट्रीजको शेयरमा भएको ४० प्रतिशत बृृद्धि नै मुुख्य कारण रहेको छ । टेलिकम र रिटेल व्यापारको कारोबारले चाँडै मुुनाफा दिने आशले भारतीय लगानीकर्ता यतिबेला रिलायन्स इन्डस्ट्रीजको शेयरमा दरिलो आत्मविश्वासका साथ पैसा खनाइरहेका छन् ।
भारतमा अमेजन जस्तै लोकल इ–कमर्स कम्पनी स्थापना गर्ने उद्देश्यले अम्बानीले जियोमा करीब ५० अर्ब डलर खर्च गरिसकेका छन् । अपेक्षाअनुुरुप कारोबार शुुरु गरेको जम्मा तीन वर्षमा जियो पहिलो स्थानमा पुुग्न सफल भएको छ ।
मुुकेश अम्बानीकाअनुुसार ग्याास र तेल जस्ता परम्परागत कारोबारको तुलनामा टेलिकम र रिटेल जस्ता नयाँ व्यापारले केही वर्षमा नै रिलायन्सको व्यापार ५० प्रतिशत हुुने अनुमान छ । अहिले यो ३० प्रतिशत रहेको छ । कम्पनीले सन् २०२१ सम्म ऋणमुुक्त हुुने लक्ष्य पनि लिएको छ । जसले गर्दा कम्पनीको शेयर रेकर्ड उचाइमा पुुगेको छ । अहिले रिलायन्सको शेयरको मूल्य सन् २०१६ को तुुलनामा तीन गुुणाले बढेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago