काठमाण्डौ । बोनस सेयरका लागि गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मूल्य समायोजन गर्दै गुराँस लाइफको प्रतिकित्ता ४५१.४० रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको सेयरभाउ प्रतिकित्ता ४८५ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर कारोबारमा आउनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आज असोज २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो असोज २५ गतेसम्म कायम रहने सेयरधनीमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
कम्पनीले आउँदो कात्तिक ४ गते आफ्नो १२ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७६–७७ का लागि प्रस्तावित कुल ७.८३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश छन्।
सभाले युनियन लाइफ र प्राइम लाइफसँगको मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा पनि स्वीकृत गर्नेछ । आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पनि सभाले अनुमोदन गर्नेछ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago